AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ उद्योग व्यापार संघका अध्यक्षमा राठी, महासचिबमा सञ्जय श्रेष्ठ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०८१, मंगलवार ०६:१८
3
Shares
विराटनगर / मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।

संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।

संघमा अनुपम राठीका बुवा नन्दकिशोर राठी र हजुरबुवा आशकरण राठीले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

संघका पूर्वअध्यक्ष नन्दकिशोर राठीले सोमबार नवनिर्वाचित अध्यक्षको रुपमा आफ्ना छोरा अनुपम राठीलाई स्वागत गरे । संघमा यसअघि महासचिव रहेका अनिल साहले वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी पाएका छन् । यस्तै विकाशकुमार बेगवानी र अनिल सारडाले उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

संघको महासचिवमा सञ्जय श्रेष्ठ, सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगडिया (अग्रवाल) र प्रवक्तामा दिपेश सुवेदी चुनिएका छन् । कार्यकारीणी सदस्यहरुमा सुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, देवाशिस गोल्छा, विनित सिंघानीया, अमित राठी, आशिष जाजु, पवन राठी, गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, बन्दना जैन, धिरज मेहता, विनोद बोहरा, डा.दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठ चुनिएका छन् ।

यस्तै युवा उद्यम समितिका संयोजक अमित अग्रवाल र महिला उद्यम समितिका संयोजक श्रुती शर्मा संघमा पदेन सदस्य रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर