पूर्वाञ्चल खबर
झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपुर र दमकमा १५–१५, अर्जुनधारामा १०, शिवसताक्षीमा ५, बुद्धशान्तिमा ४, बा¥हदशी र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, गौरादह र कमल गाउँपालिकामा १–१, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, रामधुनीमा १ र स्थानीय तह नखुलेका २ जना, मोरङको विराटनगरमा बाहेक केराबारीमा २१, उर्लाबारीमा ६, सुन्दरहरैचामा ५, कटहरीमा ३, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, ते¥हथुममा २, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या ७६ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५०६ रहेको छ । प्रदेश १ मा आज ३३८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५४ महिला र १८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६९ हजार २९२ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ३४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२८ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोहि अवधिमा प्रदेश १ मा १४ जना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या १३९१ पुगेको छ । जस्मा ४१५ महिला र ९७६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सवै भन्दा बढी सुनसरी स्थायी घर भएका ७ जना, झापाका ४ जना तथा मोरङ र ओखलढुंगा स्थायीघर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
विराटनगरको नोवेल शिक्षण अस्पतालमा ३ जना, विराटनगरकै कोशी कोभिड उपचार केन्द्र, धरानको विपि कोइराला विज्ञान प्रतिष्ठान, मिसन अस्पताल ओखलढुंगा र मेची अस्तालमा २–२ जना तथा विर्तामोडको विर्तासिटि अस्पताल, न्युरो अस्पताल विराटनर र विराट शिक्षण अस्पताल बुढीगंगामा १–१,संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।