विराटनगर / कप्तान लियोनेल मेसीको दुई गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को समूह चरणको अन्तिम खेलमा बोलिभियामाथि सहज जित निकालेको छ ।
आज विहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा लियोनल मेसीले दुई गोल गरे भने अलेजान्द्रो गोमेज र लाउतारो गोमेजले एक एक गोल गरेका थिए । त्यस्तै बोलिभियाका लागि एरविन साभेड्राले एक गोल फर्काए ।६० मिनेटमा बोलिभियाका साभेन्द्रले गोल फर्काए । ६५ मिनेटमा लाउटारो मार्टिनेजले अर्जेन्टिनाका लागि चौथो गोल गरेका थिए ।
यसअघि नै अन्तिम आठमा पुगेको अर्जेन्टिना चार खेलबाट १० अंक जोडेर समूह विजेता बन्यो । अर्जेन्टिनाले एक खेलमा बराबरी खेल्दा तीन खेलमा जित निकाल्यो ।
समूहबाट ७ अंक जोडेर उरुग्वे दोस्रो, ६ अंक जोडेको पाराग्वे तेस्रो र ५ अंक जोडेको चिली चौथो हुँदै अन्तिम आठमा पुगे । बोलिभिया भने सबै चार खेलमा हार व्यहोर्दै बाहिरियो ।
आजै सम्पन्न अर्को खेलमा उरुग्वेले पराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
एडिनसन कभानीले पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा उरुग्वे विजयी भएको हो ।
निल््टन सान्तोस स्टेडियममा भएको खेलमा कभानीले २१ औं मिनेटमा पेनाल्टीमा गोल गरे । पाराग्वेका एन्जल रोमेरोले नाहिटन नान्डेजलाई फाउल गरेपछि उरुग्वेले पेनाल्टी पाएको थियो र त्यसमा कभानीले गोल गरे ।
तपाईको प्रतिक्रिया