animated ellipse animated ellipse

विवादबीच थारू कल्याणकारी सभा मोरङको निर्वाचन सम्पन्न 

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०८०, बिहीबार ०७:११
45
Shares
विराटनगर / बुढीगंगा–२ स्थित थारू संग्राहलय भवन बौराहामा बुधबार थारू कल्याणकारी  सभा मोरङको १० औं जिल्ला अधिवेशनको कार्य समिति निर्वाचन सम्पन्न गरिएको छ ।
निर्वाचनकालागि बारम्बारको मिति सारिएपनि चैत ७ गते निर्वाचन हुने भनी निर्वाचन अधिकृत जयराम पंजियारले सार्वजनिक सूचना प्रकासित गरेका थिए । तर सभाको मोरङ अध्यक्षमध्येका एक उम्मेदवार प्रदिपकुमार भगत थारूले एक पक्षीय ढंगबाट अमुक समूहलाई फाइदा पु¥याउने गरी संचालन गरिने निर्वाचन आफूलाई मान्य नहुने भन्दै बहिष्कार गरेका थिए ।
थारूले सभाको केन्द्रीय कार्य सञ्चालन समितिको बैठकबाट अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित गर्न र आफूलाई कार्यसमिति मोरङको जिल्ला अध्यक्ष तोकिएको अवस्थामा बलजफ्ती निर्वाचन गराउन खोज्नु भनेको विधान सम्मत नभएको र अवैध रहेको बताएका थिए । उनले सभाको केन्द्रीय कार्यालयबाट प्राप्त पत्र निर्वाचन स्थलमा पनि टाँस गरिएको दावी गरेका थिए ।
तर निर्वाचन अधिकृत पंजियारले केन्द्रबाट पत्र आएको भन्ने कुरा हास्यास्पद रहेको बताए । उनले त्यस्तो पत्र त आफूले पनि पाउनु वा बुझाउनु पर्ने थियो, त्यो प्राप्त नगरेको बताए । उनले निर्वाचन गराउन उच्च अदालत, जिल्ला अदालतको आदेश र प्रशासनको सहमतिमा निर्वाचन गराएको बताए । उनले आफू कुनै समूहमा आवद्ध नभएको र यो मान्छे मेरो वा तेरो भन्ने नभएको बताए ।
पंजियारले आफूले  केन्द्रबाट कुनै आधिकारीक पत्र नपाएको स्पष्ट पारे । उनले निर्वाचन सहज परिस्थितिमा र विवादरहित भएको बताए । उनले कुनै एक व्यक्तिले बहिष्कार गर्दैमा निर्वाचन नविथोलिने र निर्वाचनबाट विजयी उम्मेदवारले नै वैधानिकता पाउने बताए ।
अध्यक्षका अर्का दावेदार प्रदीपकुमार विश्वासले समग्रमा मोरङका थारू मतदाताहरू परिवर्तनको पक्षमा रहेको बताए । उनीहरूको नेतृत्व फेर्नु पर्छ भन्ने चाहना प्रवल भएको हुनाले निर्वाचन सञ्चालन गरिएको स्पष्ट पारे । उनले निर्वाचन बीना कुनै कारण ६÷६ पटक रोकिएको हुनाले मतदाता पनि आजित भएको र मतदाताबाट पनि अतिशिघ्र निर्वाचनको माग गरिएको विश्वासको कथन थियो ।
विश्वासले केन्द्रको पत्र मान्य हुने लायकको नभएको बताए । उनले केन्द्रमा पनि विघटन भइसकेको र पत्रको कुनै माइन्यूटिङ नभएकोले वैधानिकता नराख्ने बताए । विश्वासले ३–३ पटक केन्द्रीय पार्षद भइसकेको बताए । उनले विवाद थारूले उब्जाएको बताए । उनले केन्द्रले निर्वाचन अधिकृतका रूपमा पुनित चौधरीलाई खटाई सकेपछि असार ८ र ९ गते को अधिवेशनबाट हुन लागेको निर्वाचन किन रोकेको र अर्को मिति किन नतोकेको भन्दै प्रश्न गरे ।
पुनितको साटो पंजियार निर्वाचन अधिकृत भएर मोरङ आएपछि उनलाई पनि विभिन्न लाञ्छाना लगाइएको विश्वासको कथन थियो । पंजियारले जसरी पनि निर्वाचन गराई छाड्ने अठोट गरेपछि केहि व्यक्ति अदालत गएको तर अदालतले निर्वाचन सम्पन्न गर्नु गराउनु भने पछि सौर्हादपूर्ण वातावरणमा निर्वाचन भइरहेको जानकारी दिए । मतदाता लेटाङकी मञ्जु चौधरीले आफूलाई विवाद बारे थाह नभएको बताइन् । उनले जसले जितेपनि थारूको हक, हित र कल्याणकालागि इमान्दारिता पूर्वक काम गर्नु पर्ने बताइन् ।
१ अध्यक्ष, अनिवार्य १ महिलासहितको ३ उपाध्यक्ष, १ सचिव, १ सह–सचिव, १ कोषाध्यक्ष र १४ सदस्यकालागि निर्वाचन गरिएको थियो । सभा मोरङमा २ सय ७२ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर