AArya
RUMPUM
animated ellipse animated ellipse

पेट्रोलको मूल्य बढ्यो लिटरमा दुई रुपैयाँ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ भाद्र २०७७, मंगलवार २०:२६
765
Shares
काठमाण्डै / सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज विज्ञप्ति जारी गर्दै लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको जानकारी दिएको हो ।

योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७ रूपैयाँ पुगेको छ । वृद्धि भएको मूल्य आज मध्यराती १२ बजेपछि लागू हुने विज्ञप्तिमा जनाइएको छ ।

तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्य सूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल््य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो ।

तर, अहिले भने निषेधाज्ञा भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर