AArya
RUMPUM
animated ellipse animated ellipse

डिजेल र पेट्रोलमा ठगी : विराटनगरको पूर्वाञ्चल आयललाई १ लाख जरिवाना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०८३, बिहीबार १९:०८
3
Shares
विराटनगर /उपभोक्तालाई इन्धनमा ठगी गरेको आरोपमा विराटनगर–६ स्थित पूर्वाञ्चल आयल सप्लायर्सलाई १ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले मंगलबार उक्त सप्लायर्सलाई १ लाख रुपैयाँ जरिवाना गर्दै पुराना मेसिन हटाएर नयाँ जडान गर्न निर्देशन दिएको हो ।

कार्यालयका प्रमुख शम्भू झाले ‘स्टाण्डर्ड नाप र तौल ऐन, २०२५’ को दफा ३० को उपदफा १ बमोजिम उक्त कारबाही गरिएको जानकारी दिए ।
“हामीले सञ्चालकको बयान र स्थलगत निरीक्षणपछि जरिवाना गर्ने निर्णय गरेका हौं,” कार्यालय प्रमुख झाले भने, “पम्पमा रहेका पुराना मेसिन हटाएर नयाँ जडान गर्न पनि निर्देशन दिइएको छ ।”
नापतौल कार्यालयले तोकेको जरिवाना रकम बुझाएपछि सञ्चालक ओमप्रकाश अग्रवालले बुधबारदेखि पम्प पुनः सञ्चालनमा ल्याएका छन् ।

शनि मन्दिर अगाडि रहेको उक्त पेट्रोल पम्पमा सोमबार साँझ नापतौल कार्यालयले आकस्मिक अनुगमन गरेको थियो । त्यस क्रममा डिजेल र पेट्रोल दुवैमा ठगी भइरहेको भेटिएको थियो । अनुगमनका क्रममा ५ लिटर पेट्रोल बिक्री गर्दा ६० मिलिलिटर र ५ लिटर डिजेल बिक्री गर्दा १ सय मिलिलिटरसम्म कम इन्धन दिएको पुष्टि भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर