खबर पूर्वाञ्चल
आज विराटनगरमा जिवन विकास लघुबित्त संस्था लिमिटेड सहित कोशी प्रदेशमा रहेका आठ लघुबित्तले सदस्यको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
डा.कोइरालाले कार्यक्रम उद्घाटन गर्दै आजको समयको माग र आवश्यक्ता अनुसारको लघुवित्तले ऋणीलाई शिप तथा उत्पादन सामानको बजारसम्मको सहज पहुँच पु¥याउनु पर्ने बताए ।
नेता डा. कोइरालाले लघुवित्तले विना धितो ऋण लगानी गर्नु पर्ने चर्चा गर्दै ऋणको सदुपयोग के कस्तो भएको सम्बन्धमा आवश्यक अनुगमन गर्नुपर्ने बताए । उनले लुघवित्त मुलुकको लागि आवश्यक भएको बताउँदै यसबाट दुर्गम तथा ग्रामीण क्षेत्रका विपन्न वर्गका महिला एवं कृषकले स्वरोजगार हुन सहयोग प्राप्त गरेको बताए ।
संघीय सांसद योगेन्द्र मण्डलले लुघवित्तले मुलुकमा ठूलो रोजगारी उपलव्ध गराएको बताए । प्रदेशका पूर्व राज्य मन्त्री गयानन्द मण्डल, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ गच्छदार , जिवन विकासका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल र रिता चौधरी लगायतले नेपाल राष्ट्र बैंकले सहुलियत दरमा लघुवित्तलाई ऋण उपलव्ध गराउनु पर्ने बताए ।
नेपालमा रहेका लुघवित्तमा ५९ लाख सदस्य रहनुका साथै २३ लाखले विभिन्न कार्यका लागि ऋण लिएका छन् । यसैगरी लघुवित्तले ४ खर्व ३५ अर्व ऋण प्रवाह गर्नुका साथै १ खर्व बचत रहेको सोही अवसरमा जानकारी दिइयो ।
तपाईको प्रतिक्रिया