AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

६० पत्रकारको मुटु जाँच र सचेतना कार्यक्रम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ चैत्र २०७८, बिहीबार १८:४०
243
Shares
विराटनगर / नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ मोरङ शाखाले संचारकर्मीहरूको निःशुल्क मुटु जाँच शिविर आयोजना गरेको छ ।

विराटनगरस्थित न्यूरो हस्पिटलको सहयोगमा पत्रकार महासंघमा बिहीबार संचारकर्मीहरूको मुटुजाँच शिविर आयोजना गरेको हो ।

शिविरमा ६० जना संचारकर्मीहरूले मुटु जाँच गर्नुको साथै चिकित्सकको सल्लाह अनुसार इसिजि र इको पनि गरेका थिए । शिविरमा न्यूरो अस्पतालका वरिष्ठ कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ डा.राजिव श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. राजन कर्ण, मेडिकल अफिसर डा. साहिल अन्सारीले मुटु जाँच गरेका थिए ।

स्वास्थ्य शिविरमा मुटु स्वास्थ्य कसरी राख्न सकिन्छ त्यस बारेमा पनि संचारकर्मीहरूमाझ सचेतनामुलक कार्यक्रम गरिएको थियो । सचेतना कार्यक्रममा न्यूरो अस्पतालका वरिष्ठ मुटुरोग इन्टरभेस्नल कोर्डियोलोजिष्ट डा. निकेशराज श्रेष्ठले मुटु स्वस्थ नभएसम्म जिन्दगी स्वस्थ र खुशी हुन नसक्ने भएकाले ३५ वर्षभन्दा मािथका मान्ेछले नियमित मुटुरोग विशेषज्ञसँग सल्लाह गर्न डा. श्रेष्ठले सुझाब दिए । उनले प्रत्येक दिन शारीरिक व्यायाम गर्नाले पनि मुटु स्वस्थ्य राख्न सकिने बताए ।

‘व्यायम भनेको बिहान मात्रै गर्नुपर्छ भन्ने छैन । जतिबेला तपाईसँग समय खाली छ त्यो समयमा गर्न सकिन्छ । जिम गर्ने, व्यायम गर्ने, खेल्ने जस्ता सबैलाई फरक—फरक समयमा गर्न सकिन्छ । दैनिक गर्न सक्नुहुन्न भने पनि एक दिनको फरकमा कमसेकम आधा घण्टा अनिवार्य गर्नुपर्छ । यसो गर्नुभयो भने धेरै हदसम्म मुटुरोगबाट बच्न सकिन्छ,’ डा. श्रेष्ठले भने, ‘नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक छ । त्यो भनेको मासुजन्य, तारेको, भुटेको ,कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कम खाने, व्यायाममा जोड दिनुपर्दछ । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर