AArya
RUMPUM
animated ellipse animated ellipse

दुवै प्रदेशमा समाजवादीको नेतृत्वमा सरकार बन्छ– सचिव झाँक्री

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०७८, शनिबार १७:२४
900
Shares
विराटनगर/ प्रदेश १ र वाग्मती प्रदेशमा समाजवादीको नेतृत्वमा सरकार बन्ने नेकपा समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बताएकी छिन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचिव झाँक्रीले सो कुरा बताएकी हुन् । दुवै प्रदेशमा समाजवादीकै नेतृत्वमा सरकार बन्ने उनले दाबी समेत गरिन् ।
सचिव झाँक्रीले राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वाेच्च अदालतमा तीन वटा रिट परेकोले मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको बताइन् । अदालतमा मुद्दा विचाराधीन भएकाले अहिले प्रदेश सरकार गठनको प्रक्रियामा अगाडि नबढेको उनले बताइन् । मुद्दा किनारा लागेपछि मात्र सरकार गठनको प्रक्रियामा जाने उनको भनाइ छ ।

लामो समयपछि बल्ल रिट खारेजको प्रक्रियामा अघि बढेपनि मुद्दा बिचाराधिन रहेको भन्दै सचिव झाँक्रीले मुद्दाको अन्तिम किनारा लागेपछि मात्रै मन्त्रिपरिषद विस्तारको बाटो खुल्ने बताइन् ।

सचिव झाँक्रीले पार्टीको केन्द्रीय कमिटी बैठकबाट कार्य समितिले पूर्णता पाएको भन्दै अब छिट्टै राष्ट्रिय सम्मेलन गरेर पार्टीको दस्तावेजलाई अन्तिम रुप दिने तयारीमा रहेको समेत बताइन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आक्रोश र ईष्र्याका कारण जे पायो त्यही बोलिरहेको आरोप समेत लगाइन् । सचिव झाँक्रीले एकिकृत समाजवादीप्रति ओली दिएको अभिव्यक्ति विक्षिप्त मानसिकताको उपज भएको बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर