खबर पूर्वाञ्चल
विराटनगरमा आज भेला भएका मोरङ, झापा र सुनसरीका औषधी व्यवसायी संघमा आवद्ध व्यवसायीहरूले यस्तो निर्णाय गरेका हुन् । तीन जिल्लाका औषधी व्यवसायी संघका पदाधिकारीहरूकोे भेलाले व्यवसायीहरूमा भएको समस्याको समाधान तथा अन्त्य गर्न संयन्त्र पनि बनाएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिनाले औषधी व्यवसायीको पेशालाई मर्यादित बनाएर नमुना व्यवसायीको रूपमा अब्बल सावित गर्न सबै व्यवसायीहरू एकजुट हुनुपर्ने बताए । यस्तै नेपाल औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष रबिन्द्र घिमिरले देशभरीका औषधी व्यवसायीहरू एक ढिका भएर समाजमा स्थापित पेशाको रूपमा व्यवसायीलाई चिनाउन लागि पनुपर्नेमा जोड दिए ।
नेपाल औषधी व्यसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताले व्यवसायीहरुको समस्याको समाधान गरि औषधीको मुल्यमा एकरूपता कायम गरि अगाडी बढनुपर्ने बताए । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक हुँदै गएकोले यस क्षेत्रमा भएको बिकृति र विसङगतिहरूको अन्त्य गरि समाजमा मर्यादित पेशाको रूपमा स्थापित गराएर जानुपर्ने बताए ।