RUMPUM
animated ellipse animated ellipse

वि डिभिजन क्रिकेटमा झोराहाट र होराइजन विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०८०, शनिबार १७:०५
1.69k
Shares
विराटनगर / मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा झोराहाटले विराटनगरको बुद्ध मिलन क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २५ ओभरको खेलमा १७ दशमलव ४ बलमा सवै विकेट गुमाउँदै ७६ रनमा सिमित भयो । जस्मा प्रशन्न माथेमाले सर्वाधिक २६ रन बनाए । झोराहाटका म्यान अफ द म्याच आशिष गुप्ताले सर्वाधिक ४ विकेट लिए ।

७७ रनको विजयी लक्ष पछ्याएको झोराहाटले १८ दशमलव २ बलमा ५ विकेट गुमाई सो लक्ष भट्टाएको छ । जस्मा अलि अन्जरले सर्वाधिक नटआउट १७ रन बनाए । विराटनगरका रवि शर्माले सर्वाधिक २ विकेट लिए ।

दोस्रो खेलमा होराइजनले उर्लाबारी क्रिकेट क्लवलाई १७ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २५ ओभरमा ६ विकेट गुमाई १ सय १ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच सुजन भट्टराईले नटआउट ३६ रन बनाउँदा अमित भट्टराईले २७ रन बनाए । उर्लाबारीका चन्द्र खत्री र शुसिल अग्रवालले समान २–२ विकेट लिए ।

१ सय २ रनको विजयी लक्ष पछ्याएको उर्लाबारी २३ ओभरमा सवै विकेट गुमाई ८४ रन बनायो । जस्मा विशेष खत्रीले सर्वाधिक २६ रनको योगदान दिए । विराटनगरका सुशान्त बस्नेतले ३ विकेट लिँदा लविस भण्डारी र श्रवण मण्डलले २–२ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर