AArya
RUMPUM
animated ellipse animated ellipse

कोशीका मुख्यमन्त्री कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ भाद्र २०८३, सोमबार ०९:१४
3
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्ती कार्कीले विश्वासको मत लिन लागेका हुन्।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । हाल एमालेका ४० र नेपाली कम्युनिष्ट पार्टीका १७ गरी सत्ता गठबन्धनसँग ५७ सांसद छन् । कांग्रेस, राप्रपा वा जसपाको समर्थनबिनै कार्कीले विश्वासको मत पाउने अवस्था देखिएको छ ।

प्रदेशसभामा कांग्रेसका २९, राप्रपाका ५ र जसपाका १ सांसद छन् । यसअघि कांग्रेसको समर्थनमा सरकार चलाएका कार्कीले सत्ता समीकरण परिवर्तन भएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

आजको मतदानमा एमाले–नेकपा गठबन्धनको एकता निर्णायक हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर