खबर पूर्वाञ्चल
नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष ग्रामथान –२ झोराहाट मोरङले आज झोराहाटमा आयोजित झीलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा सो कुरा बताए हुन् । बालविवाह,महिला हिंसा, छुवाछुथ प्रथा र दाइजो प्रथा अन्त्यका लागि समाजमा समाचारको माध्यमबाट जनचेतना फैलाउनु पर्ने उनले सुझाव दिए ।
सभामुख विष्टले लुईटेल परिवारले यस क्षेत्रमा स्वास्थ्य,शिक्षा एवं विकासमा महत्वपूर्ण योगदानको कारण उहाँहरुको सम्झना पछिसम्म रहिरहने बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराले जनप्रतिनिधिले गरेका विकास एवं सामाजिक कार्य राम्रो भए प्रशंसा एवं नराम्रोको स्वस्थ्य आलोचनात्मक टिप्पणी गरी सुझाव दिन आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्रबहादुर राउतले लुईटलले परिवारको यस क्षेत्रको समग्र विकासमा ठूलो योगदान रहेको चर्चा गरे ।
सो अवसरमा सभामुख विष्टले झीलकुमारी लुईटेल स्मृति पत्रकारिताबाट नेपाल पत्रकार महासँघ मोरङका पूर्व अध्यक्ष विक्रम निरौलालाई नगद सहित सम्मान गरे । त्यस्तै छात्रपति लुईटेल निवृत्त शिक्षक सम्मानबाट शिवबहादुर अधिकारी तथा छेहेन्दार छात्रवृत्तितर्फ रोजिना गच्छदार र आयुश रक्त्वेलाई नगद सहित सम्मान गरे ।
सभामुख विष्टले सोही अवसरमा छत्रपत्रि लुईटेल स्मृति ग्रन्थ पुस्तकको समेत विमोचन गरे ।