AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेयर कोइरालाद्वारा सेवाकालीन प्रशिक्षणको उद्घाटन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ कार्तिक २०८१, आईतवार १८:१७
198
Shares
विराटनगर / विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ ।

प्रशिक्षणको एक समारोहका बीच विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुनेछ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । उनले छिटोछरितो रुपमा जनताको काम गर्न कर्मचारीहरुलाई आग्रहसमेत गरे ।

कर्मचारीले गर्ने कार्यसम्पादनका आधारमा जनप्रतिनिधिको मूल्यांकन हुने उनको भनाइ थियो । जनप्रतिनिधि बनाएका नीति नियमको कार्यान्वयन गर्ने दायित्व कर्मचारीहरुको भएको मेयर कोइरालाले बताए ।

कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक महिने तालिमले कार्यालय सञ्चालन र व्यवस्थापनबारे धेरै नै जानकारी हुने बताए । तालिममा विराटनगर महानगरपालिकाका १२ सहित कोशी प्रदेशका १२ वटा पालिकाका ८० जना सहायकस्तर चौथो र पाँचौं तहका कर्मचारीहरुको सहभागिता रहेको महानगरकी सूचना अधिकृत अनिता कोइरालाले जानकारी दिइन् ।

तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत बुद्धिप्रसाद घिमिरे र लेखा अधिकृत सन्तलाल श्रेष्ठले सहजीकरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर