AArya
RUMPUM
animated ellipse animated ellipse

एनसीडिएको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०८२, मंगलवार १८:१६
99
Shares
विराटनगर / नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) को ५२ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम आयोजना गर्ने मोरङ शाखाले घोषणा गरेको छ ।

एनसीडिए मोरङ शाखाले विराटनगरमा आज पत्रकार सम्मेलन गरि असार ४ गतेदेखि १० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरेर संघको स्थापना दिवस मनाउने जानकारी गराएको हो ।

२०३० सालमा स्थापित संघले औषधी व्यवसायको प्रवर्धन, अनुशासन र सामाजिक उत्तरदायित्व वहन गर्दै आएको संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले बताए । ‘हरेक वर्ष असार १० गते मनाइने हाम्रो स्थापना दिवसलाई यस पटक विशेष बनाउन सप्ताहव्यापी कार्यक्रम आयोजना गरेका छौं,’ अध्यक्ष ढकालले पत्रकार सम्मेलनमा भने, ‘हामी केवल व्यापारिक गतिविधिमा मात्र सीमित नरहेर समुदायिक स्वास्थ्य सेवा र सामाजिक कल्याणमा योगदान पुर्याउनुपर्छ । यस वर्षको कार्यक्रमले हाम्रो त्यही प्रतिबद्धता अनुसार कार्यक्रम तय गरिएको छ ।’

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन असार ४ गते विराटनगरस्थित कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण कार्यक्रम हुनेछ । यसका संयोजक थोक उपाध्यक्ष जितु कुमार रजक र सह कोषाध्यक्ष राजकुमार यादव रहेका छन् । त्यसैगरी असार ५ गते विराटनगरस्थित हिमालय दर्शन कलेजमा लागुऔषध र मनोदीपक औषधी सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना हुनेछ । यो कार्यक्रम संयोजक संघका महासचिव अरुणकुमार ठाकुर ब्राह्मण रहेका छन् ।

असार ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा लागुपदार्थ परीक्षण किट हस्तान्तरण गरिनेछ । वरिष्ठ उपाध्यक्ष हरिराज रेग्मी संयोजक रहेका छन् । असार ७ गते विराटनगर ८ स्थित विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम हुनेछ । सो कार्यक्रमको संयोजक संघकी सचिव सरिता श्रेष्ठ चौधरी रहेकी छिन् । असार ८ गते संघको भवन विराटनगरमा वरिष्ठ औषधी व्यवसायी तथा सामाजिक योगदानकर्ताहरूको सम्मान कार्यक्रम आयोजना हुनेछ ।

असार ९ गते हस्पिटल चोक विराटनगरमा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ । कोषाध्यक्ष मनोजकुमार मण्डल र थोक सदस्य राजेश मण्डल संयोजक रहेका छन् । असार १० गते मुख्य स्थापना दिवसका दिन बिहान ७ बजे हस्पिटल चोकदेखि संघको भवनसम्म प्रभातफेरी हुनेछ । त्यसपछि ९ बजे झण्डोत्तोलन र औपचारिक समापन समारोह आयोजना हुनेछ । साँझ दीप प्रज्वलन कार्यक्रमसहित समापन हुनेछ । खुद्रा उपाध्यक्ष मुकेश श्रीवास्तव संयोजक रहेका छन् ।

अध्यक्ष ढकालले भने, ‘यस सप्ताहव्यापी कार्यक्रममार्फत औषधी व्यवसाय क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप मजबुत पार्दै समाजप्रति योगदान पुर्याउने लक्ष्य लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर