animated ellipse animated ellipse

युवा उद्यमी मञ्च विराटनगरद्वारा इनरुवा अस्पताललाई कार्डियाक मोनिटर सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ असार २०७८, सोमबार १६:२९
369
Shares
सुनसरी / सुनसरीको इनरुवा अस्पतालको कोभिड १९ महामारी रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरण नेपाल युवा उद्यमी मञ्च विराटनगरले सहयोग गरेको छ ।

मञ्चले अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको हो । उक्त सामाग्रीका लागि एकमुष्ठ २ लाख रुपैयाँ सदस्यहरुविच संकलन गरि उपलब्ध गराईएको वितरण कार्यक्रमका संयोजक तथा पूर्वअध्यक्ष मनोज विक्रम साहले जानकारी दिए । महामारी नियन्त्रणका लागि यस प्रकारको सहयोग मंचले निरन्तर गर्दै आइरहेको उनले बताए ।

सन २००४ मा स्थापना भएको युवा उद्यमी मञ्च विराटनगरको वर्तमान अध्यक्ष युनेशराज श्रेष्ठ रहेका छन् । हाल मञ्चमा करिब ५० जना युवा उद्यमीहरुको सदस्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर