पूर्वाञ्चल खबर

डा. साहद्वारा लिखित पुस्तकमा गर्भवती महिलाको स्याहार र देखिन सक्ने स्वास्थ्य समस्याका विषय समेटिएको छ । समाजमा स्वास्थ्यसम्बन्धी सचेतना नहुँदा मातृ मृत्युदर नरोकिएका कारण सचेतना जगाउने उद्धेश्यले पुस्तक लेखेको डा साहले जानकारी दिए ।
पुस्तक विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।