animated ellipse animated ellipse

जन्मदिन पारेर डा.साहले गरे आमा विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ बैशाख २०७८, मंगलवार १६:३९
279
Shares
विराटनगर / स्त्री तथा प्रसूती रोग विषेशज्ञ डा. बालकृष्ण साहले मातृ सचेतनासम्बन्धी पुस्तक आमा आप्mनो जन्मदिन पारेर आज विमोचन गरेका छन् ।

लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले प्रकाशन गरेको पुस्तकको आज विराटनगरमा एक कार्यक्रमविच विमोचन गरिएको हो । डाक्टर साह सो क्लबको संस्थापक अध्यक्ष समेत हुन् ।

डा. साहद्वारा लिखित पुस्तकमा गर्भवती महिलाको स्याहार र देखिन सक्ने स्वास्थ्य समस्याका विषय समेटिएको छ । समाजमा स्वास्थ्यसम्बन्धी सचेतना नहुँदा मातृ मृत्युदर नरोकिएका कारण सचेतना जगाउने उद्धेश्यले पुस्तक लेखेको डा साहले जानकारी दिए ।

पुस्तक विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर