खबर पूर्वाञ्चल
नेपाली काँग्रेस विराटनगर महानगर समितिले आज विराटनगरमा आयोजित संधैधानिक संकटबारे आयोजना गरेको विचार गोष्ठिमा बोल्दै नेता थापाले राष्ट्रपति व्यक्त्ति नभै सँस्था भएकोले राष्ट्रहित विरुद्ध सबैले बोल्न पाउने र झाँक्रिले जस्तै आफुले पनि पटक पटक बोलेकोले जेल हाल्न चेतावनी दिएका हुन् ।
उनले रामकुमारी झाँक्रिले व्यक्त्तित नभै पदको मर्यादा राख्न नसकेकाले राष्ट्रपति संस्था विरुद्ध आलोचना गरेको प्रतिक्रिया दिएको बताए । युवा नेता थापाले भने , नेपालको राष्ट्रपति बिद्यादेवी भण्डारी सँस्था हो मर्यादा उहाँले राख्न सक्नुभएन , ‘संसद स्थापना भएपछि उहाँलाई घर पठाउने हो उहाँको घर छ भनेर मैले पनि बोलेको छु हिम्मत छ भने राजद्रोहको मुद्दा मलाई पनि लगाउ तिम्रो झयाल खानाको संख्या बढाउ काँग्रेस सडकमै छ तिम्रो आदेश महाराजको आदशले हाम्रो मुख थनिदैन बोल्ने स्वतन्त्रता छेकिदैन ।’
नेता थापाले संबिधानको चिरहरण गर्नेहरुलाई ठीक ठाउँमा ल्याएरै छाडने चेतावनी दिएका छन । उनले सनकको भरमा संबिधानको चिरहरण गरेको बताए । थापाले महामारीको बेला नागरिकको अवस्थाबारे छलफल गर्नुपर्ने बेलामा तानाशाही शासकको सनकले गर्दा फेरि व्यवावस्थाको कुरा गर्न बाध्य हुनुपरेको भन्दै चिन्ता गरे । उनले आफु र अघिल्ला पुस्ताहरुले पटक पटक व्यावस्थाको बारेमा संघर्ष गरेर भावि पुस्तालाई व्यावस्थाबारे संघर्षबाट मुक्त्त गराउनुपर्नेमा जोड दिए ।
थापाले पहिले राजाको दरवारले अनि अर्कोचोटी माओबादीको तरवारले गर्दा व्यावस्थाको चिन्ता गर्न बाध्य भएको तर हाल कुनै पनि समस्या नभएको बेला सनककै कारण देश डुब्न लाग्यो भनेर व्यवस्थाबारे चिन्ता गर्नपर्ने बेला आएको बताए ।
उनले लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक हुने तर संबिधान विपरित कसैको हुकुमको भरमा हुने निर्वाचनमा काँग्रेस सहभागी हुदैन भने । उनले भने , ‘प्रतिनिधि सभा पुर्नस्थापना नभै काँग्रेस कुनै हालतमा चुनावमा जाँदैन ।’,
उनले प्रतिनिधि सभा विघटन गर्ने कदम असंबैधानिक मात्र नभएर अनधिकृत पनि हो भने ।
युवा नेता थापाले देउवा र गोबिन्द केसीबारेको सिफारिस स्विकार नगर्ने राष्ट्रपतिले आँखा पनि झिम्कन नपाई राष्ट्रहित विपरितको सिफारिस स्विकृत गरेर षडयन्त्रमा सहयोग गरेको आरोप लगाए । थापाले संबिधानको रक्षा गर्ने जिम्मा अब अदालतको हातमा भएकोले सकैको धाकधम्की र दबाबमा नपरि न्याय दिन आग्रह गरे । थापाले भने , ‘अदालतको साँधुरो किल्ला भित्र न्यायको हत्या गर्न हुदैन ।’
सोही कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले राष्ट्रपतिबारे नागरिकहरुले बोल्न मिल्ने बताए । उनले आफुहरुले राजतन्त्र विरोधमा आफुहरुले सडकमा बोलेरै सर्घर्षको उठान गरेको दाबी गर्दै राष्टहितको पक्षमा राष्ट्रपतिको गलत कदमको आलोचना गर्नु संबैधानिक अधिकार हो भने ।
अधिकार दिन अटेर गर्ने राजतन्त्रलाई सडक ओर्लेर फालेझै असंबैधानिक रुपमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई पनि समाप्त गरेरै छाडने चेतावनी दिएका छन ।
युवा नेता घिमिरेले निरंकुश कालमा आफुहरु सडकमा गएर राजतन्त्र विरुद्धको आन्दोलन चर्काएको र नारायणहिटी छाड्न बाध्य पारेको स्मरण गर्दै तानाशाही बन्ने यात्रा थालेका केपी ओलीलाई सहजै रुपमा परास्त गर्न छाडने चेतावनी दिएका हुन् ।
उनले कार्यक्रमको सुरुमा जयनेपाल पछि क्रान्तिकारी अभिबादन भन्दै नेता घिमिरेले. भने , ‘अधिकार माग्दा अटेर गर्ने अविछिन्न उत्तराधिकारी राजालाई त हामीले छाडेनौ भने त्यो बेला लुकेर बस्ने केपी ओली कुन खेतका मुली हुन संबिधान मिचेर हामीसँग फुर्ती गर्ने ?’
संबिधान निर्माण गरेर लोकतन्त्र स्थापना गराउन आफुहरुको रगत बगेकोले कुनै पनि हालतमा प्राप्त उपलब्धि गुम्न नदिने बताए । नेता घिमिरले संबिधान मिचेर सबैलाई गाली गर्ने काम विश्वमा तानाशाहरुले मात्र गरेको स्मरण गदै केपी ओलीले पनि त्यही लक्षण देखाएको प्रस्ट पारे । उनले तनाशाही प्रबृत्तीका प्रधानमन्त्रीले चालेको कदम असंबैधानिक मात्र नभएर अलोकतान्त्रिक समेत भएको बताए ।
प्रतिनिधि सभाको विघटन तानाशाही यात्राको प्रारम्भ हो भन्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा तानाशाही नौटंङकी सुरु गरेको भन्दै पचास फिट मुनी लुकेका हिटलर उनका आसेपासहरु समेत समाप्त भएको भन्दै ओली र उनका आसेपासेहरु पनि समाप्त भएर जाने घोषणा गरे ।
केपीले काठमाण्डौमा आयोजना गरेको सभा प्रहरी र प्रशासकहरु भेला गरेको नौटङकीको सभा सावित भएको बताए । नेता प्रदिप पौडलले काँग्रेसले प्रतिनिधि सभा पुर्नस्थापनका लागि प्रस्टभएर राजधानी केन्द्रित आन्दोलन गन पार्टी नेतृत्वलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया