खबर पूर्वाञ्चल
प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार युनियन र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको छ । सम्झौता अनुसार पत्रकारलाई कोरोना भाइरसको लक्षण देखिएमा १ लाख रुपैयाँ प्रदान गरिनेछ । सम्झौतामा युनियनका तर्फबाट अधिकारी र इन्सुरेन्सका मार्केटिगं प्रदेश संयोजक विमलकुमार रन्जितकारले हस्ताक्षर गरेका छन् ।
इन्स्योरेन्सको विराटनगर स्थित क्षेत्रिय कार्यालयम एक कार्यक्रमका बिच प्रेस युनियनका अध्यक्ष अधिकारी र रञ्जितकार बिच पत्रकारको बिमा गर्दे लिखितम सहमति आदानप्रदान भएको थियो । सो कार्यक्रममा अध्यक्ष अधिकारीले सामान्य राहत किन्न समेत अप्ठारो परिरहेको अवस्थामा यस बिमाले ठुलो टेवा पुग्ने र परिवारलाई समेत राहत महशुश हुने जिकिर गरे ।
सुनसरीका दक्षिणि नाकाहरु भारतसंग जोडिएकाले निकै संबेदनशिल भएर रिपोर्टिगं गर्नुपर्ने बाध्यता संगै जिल्लापनि रेड जोनमा परिसकेकाले बिमा आवश्यक भएको अधिकारीको भनाइ छ ।
हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट संयोजक रञ्जिकारले सस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत कोराना बिमा कार्याक्रम प्रेस युनियनक सुनसरीसँगको सहकार्यमा गरेको जानकारी गराए । उक्त कार्यक्रममा पत्रकार महासघं प्रदेश १ का महासचिब बिबेक गौतमलेले युनियन सुनसरीले गर्ने लागेको बिमा कार्यक्रमले जिल्लाभरका पत्रकारहरुले फाइदा लिने दाबि गरे ।
युनियन सुनसरी पत्रकारहरुको पेशागत हक हित एवम शुरक्षाका बिषयमा गम्भिर भएर लागेको गतिलो उदाहरणका रुपमा यस बिमा योाजनालाई लिन सकिने महासंघ प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए । उनले सरकाले समेत यस्तो महामारीले पत्रकाहरुको शुरक्षाका लागि चिन्तित भएर लाग्नुपर्ने कुरामा जोड दिए ।