खबर पूर्वाञ्चल
महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेल र प्रमुख पराजुलीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टाइनमा बस्नुभएको हो । प्रमुख प्रशासकिय अधिकृत पोखरेललाई आइतबार र मेयर पराजुलीका सवारी चालकलाई आज बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।
‘हिजोदेखि जैन भवन क्वारेन्टाइनमा बसेको छु ।’ पराजुलीले भने ‘ संक्रमितको क्लोज कन्ट्याकमा भएकाले केही दिन सेल्फ क्वारेन्टाइनमा बसेर पीसीआर जाँच गर्छु ।’जोखिम रहेकोले जैन भवन क्वारेन्टाइनमा बसेको प्रमुख पराजुलीले जानकारी दिए ।
मेयर पराजुलीसँगै उनका सचिवालयका सहयोगीहरु पनि क्वारेन्टीनमा बसेका छन् । प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पुष्टि भएपछि महानगरले आजदेखि अत्यावश्यक बाहेकका सेवा ५ दिनका लागि बन्द गरेको छ ।
यसअघि महानगरेको २ नम्बर वडाका वडाध्यक्ष कुमार पोखरेल र ५ नं. वडाका अध्यक्ष मिनकुमार आचार्यमा कोरोना देखिएको थियो । वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि महानगरका अधिकांश कर्मचारीहरु पनि होम आइसोलेसनमा बसेका छन ।