खबर पूर्वाञ्चल
कोशी अस्पतालको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजेटिभ आएको महानगरपालिकाले जनाएको छ । पाँच महिला र आठ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ संक्रमित विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ वडाका रहेका छन् ।
महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले उल्लेखित ठेगाना र नामको संक्रमित पहिचान र खोजिका लागि आजबाटै टोली खटिएको बताए । हिजो बेलुका ढिलो गरी रिपोर्ट आएको हुँदा महानगरको टोली बिहीबार बिहानैबाट संक्रमित व्यवस्थापनका लागि खटिएको उनले बताए ।
संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका रहेका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।