AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल चोरी आरोपमा सात पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ जेष्ठ २०७८, शनिबार १९:२८
1.53k
Shares
विराटनगर/ मोटसाइकल चोरी गरेको आरोपमा प्रहरीले सात जनलाई पक्राउ गरेको छ । इलका प्रहरी कार्यालय बेलबारीले मोटरसाइकल चोरी आरोपमा सात जनालाई शुक्रबार राती पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका २० का ३८ वर्षिय कोप बलराम गुरूङ, सोही ठाउँका ३९ वर्षिय भवेस भन्ने सुवास लिम्बु, ३० वर्षिय मचिन राई, २१ वर्षिय गोलमोल राई, १९ वर्षिय रोमन परियार र २१ वर्षिय राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

जेठ २ गते राती मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थित मिना कुमारी बिकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नाममा रहेको प्र–१–०५–००१ प–००६१ नं. को रातो कलरको २०० सिसिको एनएस मोटरसाईकल उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । चोरी भएको मोटसाइकल खोज्ने क्रममा प्रहरीले

ईटहरी महानगरपालिका १३ का २८ वर्षिय राजेश मेहताको घरबाट शुक्रबार राती ८ बजे उक्त नम्बरको मोटरसाईकल फेला गरेको डिएसपी राईले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर