पूर्वाञ्चल खबर
पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भीमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् । हिजो राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।
पक्राउ परेका राई उपर थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाईसमेत पक्राउ गरी दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको झापा प्रहरीले जनाएको छ ।