खबर पूर्वाञ्चल
दर्ता भएका मध्ये ३ हजार ७ सय २९ मुद्दा फच्र्छौट र ३ हजार ६ सय ४५ मुद्दा फच्र्छौट हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।
फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७ सय ४३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका फरार प्रतिवादीबाट ७ सय ३५ बर्ष कैद भुक्तान भई, ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ विशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरेर ३ हजार ५ सय १६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको प्रदेश प्रहरी कार्यालये जनाएको छ ।
१ हजार ७ सय ९.१११ केजी गाँजा बरामद भएको छ । यसैगरी विभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको भने मनोद्धिपक सुई १० हजार ३५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट प्रहरीले नष्ट गरेको छ ।
४० करोड बढी राजस्व संकलन
आर्थिक वर्षमा प्रहरीले ४० करोड भन्दा बढी राजश्व संकलन गरेको छ । भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी ?पमा प्रहरी परिचाल गरेर प्रहरीले आर्थिक वर्षमा ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगर एसपी नविनराज राईले जानकारी दिए ।
भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १९० जना मानिस पक्राउ परेका छन् । १९ करोड १ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने १७० जना मानिस गरेको छ । ७८५ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ६५ लाख ७५ हजार ३ सय राजश्व संकलन गरेको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ७० जना मानिस पक्राउ गर्नुका साथै ३ हजार २ सय ६१ क्यू.फिट. काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी ट्राफिक ब्यवस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारवाही गरि १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ ।