AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

टप टेन विद्यार्थीलाई मेरिल्याण्ड कलेजको सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ मंसिर २०८१, मंगलवार १८:१७
2.39k
Shares
विराटनगर / विराटनगर –७ स्थित मेरिल्याण्ड कलेजले प्रथम त्रैमाषिक परीक्षा –२०८१ मा टप टेन विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

मंसिरको पहिलो हप्तामा प्रकाशित नतिजाबाट कक्षा –११ र १२ का ३९ जना विद्यार्थीलाई कलेजले आज सम्मान गरेको हो । मेरिल्याण्ड कलेजले प्रत्येक वर्ष उत्कृष्ट रिजल्ट ल्याउँने विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ ।
टप टेन विद्यार्थीहरुलाई कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल, कलेजका उपाध्यक्ष प्रा. डा. पि. के. झा, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कलेजका निर्देशकहरु डा. मनोज गुप्ता, प्रदिप भगत,नन्द किशोर अग्रवाल,को–अर्डिनेटरहरु गणेश दाहाल, मनिष पोखरेल र दिपेश भगत शिक्षकहरु विमल गौतम, नारायण साह, नविन भट्टराई, दिब्या लालवानी, मन्जील पोखरेल, शशि भुषण कर्ण,शिल्पी सिंघानिया र श्याम झाले पनि विद्यार्थीहरुलाई सम्मान गरे ।

सम्मान कार्यक्रममा कक्षा – ११ का उत्कृष्ट छात्रा एलिसा खतिवडा र कक्षा –१२ का प्रथम छात्रा विश्रुती दाहालले मेरिल्याण्ड कलेजको उत्कृष्ट शैक्षिक वातावरणले गर्दा नै आफुहरु राम्रो रिजल्ट ल्याउन सफल भएको बताए । मेरिल्याण्डले गत हप्ता पनि ह्याण्डराइटिङ्ग प्रतियोगिता आयोजना गरेको थियो । स्मरण रहोस् मेरिल्याण्ड व्यवस्थापन शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर