RUMPUM
animated ellipse animated ellipse

अर्किड कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ श्रावण २०८०, शुक्रबार १८:०५
576
Shares
विराटनगर / गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाईमा परेको विराटनगर–१० संसारी माइस्थान मन्दिर पूर्व रहेको अर्किड कलेजमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र अभिमुखिकरण गरिएको छ ।

कलेजले विराटनगरमा शुक्रबार कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई अभिमुखिकरण र स्वागत गरेको हो ।

व्यवस्थापनमा ४ सय र विज्ञान संकायमा २५० गरी ६ सय ५० जना विद्यार्थीलाई अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका डिन बिजुकुमार थपलिया रहेका थिए । कार्यक्रमको स्वागत मन्तब्य अर्किड कलेजका संचालक तथा विज्ञान संकायका को–अर्डिनेटर सिएम श्रेष्ठले गरे । उनले अर्किड कलेजले गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढेको बताए । सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गरी रमाइलो गरेका थिए ।

कार्यक्रममा कलेजले कक्षा ११ को अन्तिम परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई छात्रवृत्ती पनि दिने भएको छ । प्रथम हुनेलाई पूर्ण छात्रवृत्ती, द्धितीयलाई ७५ प्रतिशत र तेस्रो हुनेलाई ५० प्रतिशत छात्रवृत्ती दिने प्रिन्सिपल बास्तोलाले जानकारी दिए । कलेजले खेलकुद क्षेत्रमा योगदान पु¥याउने खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर