खबर पूर्वाञ्चल
कार्यक्रममा मोरङ स्वास्थ कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत र प्रदेश १ स्वास्थ्य आपुर्ति महाशाखा प्रमुख शम्भु साहले सहजिकरण गरेका थिए ।
वर्तमान अवस्थामा औषधीजन्य सामग्री तथा कोरोना परिक्षण किडको आपुर्ती व्यवस्थापन गर्न तथा यातायात बन्द, नाका बन्द र अन्तर्राष्ट्रिय उडान समेत सहज नभएका अवस्थामा स्थानीय सम्म कसरी औषधी पु¥याउन सकियो बिषयमा प्रदेश १ आपुर्ती प्रमुख शम्भु साहले प्रष्ट पारेका थिए । अन्तरक्रियामा बोल्दै साहले कम संख्यामा रहेको कर्मचारी र असहज अवस्थाले निकै अप्ठ्यारो भएपनि काम गर्दै अगाडी बढेको बताए ।
यस्तै मोरङ स्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले कोभिड अस्पतालमा अहिले लक्षणसहितको विरामीलाई उपचार गर्दै आएको जानकारी गराउँदै यसबाट बच्न सुरक्षा सावधानी अपनाउनुपर्नेमा जोड दिए । क्लवका चार्टर्ड प्रेसिडेन्ट डा.बालकृष्ण साहको अध्यक्षतामा भर्चुअल अन्तरक्रिया भएको थियो ।