काठमाडौं / नेपालमामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मुलुभर कोरोना संक्रमितको संख्या ४ सय १५ पुगेको छ भने ३ जनाको मृत्यु भइसकेको छ । ३७ जना भने कोरोनालाई जितेर निको भएर घर फर्किसकेका छन् ।
आज भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्ति हुन् । रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ । स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।
तपाईको प्रतिक्रिया