AArya
RUMPUM
animated ellipse animated ellipse

खसी चोरी गरेको आरोपमा पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०७७, आईतवार २०:४१
3
Shares
विराटनगर/ खसी चोरी गरेको आरोपमा मोरङ बेलबारी नगरपालिका – ८ का ३६ वर्षिय नगर खवास पक्राउ परेका छन् ।

खवासले को. १५ प १२०८ नम्बरको मोटरसाइको पछाडी कालो रंगको खसी लोड गरी शंकास्पद अवस्थामा लिएर जाँदै गर्दा प्रहरी चौकी बबियाबिर्ता बाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ परेको हो ।

प्रहरीले शंका लागी चेकजाँच तथा सोधपुछ गर्दा उक्त खसी मोरङ बेलबारी नगरपालिका ८ डाँगीहाट बाट चोरी गरी ल्याएको भन्ने खुलेको हुँदा उक्त मोटरसाइक र खसी समेत नियन्त्रणमा लिई ईप्रका रंगेलीमा ल्याएको प्रहरीले जनाएको छ । चोरी गरेको स्थान ईप्रका बेलबारीको एरिया अन्तरगत पर्ने भएको हुँदा आवश्यक कारबाहीको लागी ईप्रका बेलबारी पठाई थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर