खबर पूर्वाञ्चल
गोली लाग्नेमा भारतको किसनगञ्ज, कोल्लिकोट थाना क्षेत्र निवासी अन्दाजी ३६ वर्षीय मोहम्मद इस्लाम छन्। आज दिउँसो शंकास्पद अवस्थामा हिँडिरहेका इस्लामलाई पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि आक्रमण गर्दै भाग्न प्रयास गरेका थिए। सो क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँबाट खटिएको संयुक्त टोलीले दुई राउण्ड गोली चलाएको थियो। एक गोली मोहम्मदको बायाँ खुट्टाको घुँडामुनि लागेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाका अनुसार मोहम्मदको साथबाट करिब १२० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको र हाल घाइते मोहम्मदको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।