AArya
RUMPUM
animated ellipse animated ellipse

किड्स भिलेज स्कुलले गर्यो ६८ विद्यार्थीलाई दीक्षित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० जेष्ठ २०८३, शनिबार १६:०८
45
Shares
विराटनगर / गुणस्तरीय शिक्षाका लागि अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै आएको विराटनगर ५ मा रहेको किड्स भिलेज स्कुलले ६८ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।

आज दीक्षान्त समारोह आयोजना गरी युकेजी तह पूरा गरेर कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूलाई दीक्षित गरिएको हो ।

विद्यार्थीलाई प्रमुख अतिथि आइसिसि अम्पायर बुद्धीबहादुर प्रधान र बुढानीलकण्ठ स्कुलका प्रिन्सिपल मणीराज भट्टराई, किड्स भिलेज स्कुलका अध्यक्ष मदन खतिवडा, किड्स भिलेज स्कुलका प्रिन्सिपल विजय दाहाल र प्रबन्ध निर्देशक पंकज जैनलगायतले प्रशस्तीपत्रसहित दिक्षित गरेका थिए ।

विसं् २०७० सालमा स्थापना भएको यस विद्यालयले स्थापनाकालदेखि नै हरेक वर्ष विद्यार्थीहरूका लागि यस्तो दीक्षान्त समारोह आयोजना गर्दै आएको छ । सो अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल विजय दाहालले बालबालिकाको प्रारम्भिक खुड्किलो पार भएको अवसरलाई उत्सवका रूपमा मनाइएको बताए । ूप्रि प्राइमरी तह पूरा गरी प्राथमिक तहका लागि तयार हुनु आफैँमा एउटा उपलब्धि हो,ू प्रिन्सिपल दाहालले भने, यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनुका साथै माथिल्लो कक्षामा अझ राम्रो गर्ने भावना जागृत गराउँछ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले छोटो समयमा नै किड्स भिलेज स्कुलले सफलताको शिखर चढ्दै गएको बताए । किड्स भिलेज स्कुल बालमैत्री वातावरणमा पढाई हुने विराटनगरकै अव्वल स्कुल रहेको बताए ।

सोही अवसरमा विद्यार्थीहरूले आकर्षक नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएर सहभागी अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।
विद्यालयका निर्देशक पंकज जैनले सञ्चालन गरेको उक्त कार्यक्रममा दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर