RUMPUM
animated ellipse animated ellipse

जग्गाका विषयमा झडप हुँदा सप्तरीमा १५ जना घाइते

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ जेष्ठ २०७७, बुधबार १२:२९
3
Shares
सप्तरी /सप्तरीमा जग्गाका विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आज बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका हुन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु हतियारले आक्रमण गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।

समयमा पुगेको प्रहरीले घटनालाई नियन्त्रणमा लिइसकेको र अहिले स्थिति सामान्य भइसकेको प्रवक्ता भारतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर