AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज १ सय ८२ संक्रमित थपिए, संक्रमितको संख्या ७ हजार नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०७७, बिहीबार १९:०३
522
Shares
विराटनगर / विराटनगरमा ६८ सहित प्रदेश १ मा आज १ सय ८२ कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ ।

मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन् । विराटनगरबाहेक मोरङको जहदामा ६ महिला ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला २ पुरुष, कटहरीमा १ महिला १पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीयतहनखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ११ महिला ३३ पुरुष, इटहरीमा ६ महिला १३ पुरुष, रामधुनीमा १ महिला २ पुरुष, दुहवीमा १ महिला, स्थानीयतहनखुलेका १ पुरुष, झापाको विर्तामोडका २ महिला २ पुरुष, अर्जुनधारामा २ पूरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १–१ पुरुष र प्रदेश १ बाहिरका १महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १ सय ७४ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ३९, कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका छन् । हाल सम्म ३ हजार २७२ जना डिस्चार्ज भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर