खबर पूर्वाञ्चल
विद्यालयले फ्युजन कार्यक्रम शुक्रबार र शनिवार संचालन गर्न लागेको हो । विद्यालयका निर्देशक रोहितजंग थपलियाले हरेक वर्ष संचालन हुँदै आएको फ्युजन कार्यक्रमको यो आठौं संस्करण भएको जानकारी दिए ।
उनले यस कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रमसहित हस्तकला र विज्ञान प्रर्दशनी गर्ने बताए । उनले कार्यक्रमको मूख्य आकर्षणमा हन्टेड हाउस, स्केप रुम र डीजे रहेको बताए । कार्यक्रममा कार्निमल गेम्स, मेहन्दी आर्ट, फ्रेस पेन्टिङ, हेयर ब्रेन्डिङ लगायतका गेमहरू पनि समावेश गरिएको निर्देशक थपलियाले बताए ।
कार्यक्रममा आँगन स्वीट्स, किरन केक, रङ्गोज मःमः, ओक्रा क्याफेलगायतका विभिन्न फुड स्टल समेत रहने थपलियाले जानकारी दिए । उनले यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना सर्वाङ्गिण क्षमता प्रस्तुत गर्ने मौका पाउने समेत बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गर्नेछन् । यो कार्यक्रमसँगसँगै विद्यालयले अभिभावक दिवस पनि मनाउने जनाएको छ ।
कार्यक्रममा विद्यालयका अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, विभिन्न विद्यालयका प्रिन्सिपललगायतको उपस्थिति रहने छ । दुईदिनसम्म चल्ने कार्यक्रममा स्थानिय कलाकारहरूको समेत प्रस्तुती रहने छ ।