animated ellipse animated ellipse

छात्रामाथि सामूहिक बलात्कार प्रकरणमा कराँतेका प्रशिक्षक विनोद राउत र सुरज सुवेदीको कसुर ठहर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ कार्तिक २०८०, शुक्रबार १४:३२
1.83k
Shares
विराटनगर / सामुहिक बलात्कार कसुरमा पुर्पक्षको लागि थुनामा रहेका कराँतेका प्रशिक्षक कराँते प्रशिक्षक विराटनगरका विनोद राउत र सुरज सुवेदीकोलाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ ।

मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले राउत र सुवेदीले गरेको कसुर ठहर भएको हो । कसुर ठहर भएपछि सजाय निर्धारण भने अर्को पेशी कार्तिक २२ गतेको इजालशले तोक्ने मोरङ अदालतको सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत दुबैलाई जबरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरी जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग दायर गरेको थियो । दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।

विराटनगर महानगरपालिका–४ का ५० वर्षीय राउत नेपाल खेलकुद महासङ्घका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् । उनीहरुले सोही कलेजमा अध्ययनरत इटहरीकी १९ वर्षीय छात्रालाई सामुहिक बलत्कार गरेको आरोपमा पक्राउ परेका थिए ।

पीडित युवतीमाथि सामूहिक र पटक–पटक करणी हुँदै आएको अभियोग पत्रमा उल्लेखछ । अन्तिम पटक भने गत असार २८ गते सुवेदीले करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ । पीडितमाथि जेठ महिनामा विराटनगरको मुनाल पथ स्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए ।

युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक–पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

जवरजस्ती करणी मुद्दामा राउत र सुवेदीलाई २०७९ भदौ ६ गते मोरङ जिल्ला अदालतका न्यायाधीश राजेश कुमार कटुवालको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेका थिए । अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागारमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर