RUMPUM
animated ellipse animated ellipse

कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीलाई विराट क्याम्पसमा प्रवेश परीक्षा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ असार २०८१, शुक्रबार १८:४१
963
Shares
विराटनगर / विराटनगर–९ मा रहेको विराट क्याम्पसमा कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा दिएको छ ।

क्याम्पसले शैक्षिक शत्र २०८१ देखि व्यवस्थापन शिक्षासँगै सुचना प्रविधी संलग्न गरि भर्ना खुलाएकोमा प्रवेश परीक्षा ५५७ जना विद्यार्थी सहभागी भए ।

विद्यार्थीको रोजाईमा सुचना र प्रविधी परेकोले विराट क्याम्पसमा प्रवेश परीक्षा दिने संख्या उल्लेखनिया भएको क्याम्पस प्रमुख आरसी कोइरालाले बताए । विकासको द्रुत विकाससँगै विश्वव्यापी रुपमा नै सुचना प्रविधीसहितको व्यवसायीक दक्ष जनशक्तिको बढ्दो मागलाई सामान्य अर्थात पाठ्यसामग्रीमा भएका ज्ञान प्राप्त गर्ने विषयवस्तुले मात्र समेट्न नसक्ने भएकोले निश्चित रहेको क्याम्पस प्रमुख कोइरालाले बताए ।

ज्ञान,शिप र प्रश्तुतीसहितको एक सक्षम तथा योग्य नागरिक वन्न नसकीरहेको वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै सुचना र प्रविधीलाइ संलग्न गरि यसै वर्ष देखि भर्ना प्रकृया अगाडी बढाएको क्याम्पसका सहायक प्रमुख रोशन घिमिरेले वताए । यसका साथै कक्षा ११ र १२ मा अध्ययन गरिरहेको समयमानै विद्यार्थीहरुलाई विभिन्न किसीमका सुचना प्रविधीलाई आवश्यक वेव डेभलपमेन्ट, ग्राफिक डीजाइन, नेट वर्कीङ, जाभा, पाइथानलगायतका जिवन उपयोगी तालीम समेत गराइने गरेको क्याम्पसका सहायक प्रमुख घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर