animated ellipse animated ellipse

भारत तस्करी हुन लागेको १५० कार्टुन रक्सी बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ श्रावण २०७९, सोमबार १४:२८
351
Shares
विराटनगर / भारत तस्करी हुन लागेको १५० कार्टुन मदिरा मोरङ प्रहरीले बरामद गरेको छ ।

मोरङको जहदा गाउँपालिका १ कालाबंजरा स्थितमा नेपालबाट भारततर्फ तस्करी हुन लागेको दिलवाले रक्सी १५० कार्टुन मदिरासहित ट्याक्टर मोरङ प्रहरीबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद गरेको रक्सीको मुल्य १ लाख ३५ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

आइतबार राती १० बजे प्रहरी टोलीले को१त ५९१३ नम्बरको ट्याक्टरमा लोड गरी लादै गरेको अबस्थामा नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । तस्करी हुन लागेको मदिरा ट्याक्टर हालेर लैजादै गरेको अवस्थामा प्रहरीलाई देख्न साथ चालक रक्सी र ट्याक्टर छोडी फरार रहेकाले खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएको रक्सी आबश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर