RUMPUM
animated ellipse animated ellipse

मोरङका संविधानसभाका सदस्यहरूद्धारा संसद बिघटनको विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७७, बिहीबार १८:१५
927
Shares
विराटनगर/ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा बिघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै मोरङबाट संविधान सभामा प्रतिनिधित्व गरेको सभाषदहरुले विरोध गरेका छन् ।

विराटनगरमा आज भएको संविधान सभाका सभाषद्हरुको भेलाले प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधि सभा विघटन गरेर अलोकतान्त्रिक कदमको विरोध गरेका हुन् ।

२०६४ र ०७० मा मोरङदेखि सविधान सभामा प्रतिनिधित्व गर्ने ४५ संसद थिए । जसमा नेपाली काग्रेसका १७, पूर्व एमाले ११, पूर्व मावोवादी १० र पूर्व जनता सामाजबादी पार्टीका ७ जना प्रत्यक्ष र सामानुपातिका संसदहरूले मोरङदेखि संविधान सभामा प्रतिनिधित्व गरेर गएका थिए । प्रत्यक्ष र समानुपातिक सांसदहरुले प्रधानमन्त्री ओलीको गैर संवैधानिक र अधिनायकवादी कदमका विरुद्ध निरन्तर आवाज उडाइरहने निर्णयसमेत गरेको छ ।

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्यसमेत रहेका संविधानसभाका सभाषद् जयराम यादवले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गैर संवैधानिक र आलोकतान्त्रिक कदम भएको ठहर गदै त्यसका विरुद्ध निरन्तरत आवन उठाइरहने निर्णय भएको जानकारी दिए । ‘प्रधानमन्त्री ओलीको कदम गैर संवैधानिक रहेको बैठकको ठहर गरेको छ,’ सांसद यादबले भने, ‘गैरसंवैधानिक र अधिनायकवादी कदमका विरुद्ध निरन्तर संवाद, छलफल र बहस लैजाने निर्णय भएको छ ।’

विभिन्न दलबाट संविधानसभामा प्रतिनिधित्व गरेका सभाषद्हरु डिकबहादुर लिम्बु, यशोदा अधिकारी, गोपी अछामी, जयराम यादव, आशादेवी सरदार, शान्तिदेवी राजबंशी, जोगीलाल यादव, शिवकुमार मण्डल, साबित्रीकुमार काफले र अमललाल मोदी बैठकलमा उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर