AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

आइटिएफ तेक्वाण्डो विराटनगरका अध्यक्षमा भट्टराई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७७, बुधबार १९:३६
594
Shares
विराटनगर/ आइटिएफ तेक्वाण्डो संघ विराटनगर महानगरपालिकाको अध्यक्षमा मनिष भट्टराई निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा आज भएको तेक्वाण्डोको भेलाले भट्टराई अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका हुन् ।

संघको उपाध्यक्ष विकेश चौधरी, सचिब कृष्ण खतिवडा, सह–सचिब अर्जुन रिजाल, कोषाध्यक्ष संदिप न्यौपाने रहेका छन् । समितिको अन्य सदस्यहरूमा मो. सम्सेद, मो. इमरान, दिवश गौतम, दिपेशजंग कार्की, रंजीत कामत र अनिल खतिवडा रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष भट्टराईले आइटिएफ तेक्वाण्डो खेलप्रति अभिरूची बढाउनुको साथै नयाँ खेलाडी उत्पादनमा सक्रिय भएर लागि पर्ने बताए । उनले प्रदेश स्तरीय तेक्वाण्डो खेल विराटनगरमा नयाँ वर्षको अवसर पारेर वैशाख महिना भित्रमा आयोजना गर्ने पनि जानकारी गराए ।

कार्यक्रममा आइटिएफ तेक्वाण्डोको प्रदेश १ का संस्थापक अध्यक्ष प्रविण कुमार कार्कीले खेलाडीको मनोबल उच्च बनाउन खेलकुद क्षेत्रको विकासमा राज्यले लगानी गरिनुपर्नेमा जोड दिए । ‘खेलाडी राष्ट्रको गहना हुन्,’ उनले भने, ‘खेलकुद क्षेत्रमा लगानी गरि यस क्षेत्रको विकासमा तीन तहको सरकारले ध्यान दिनुपर्दछ । अनि मात्र खेलकुद क्षेत्रमा खेलाडीहरू व्यवसायिक बनी खेलाडीले जीवन यापन गर्न सहज हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर