खबर पूर्वाञ्चल
चीन भ्रमणमा रहेका मेयर कोइरालाले यूसीएलजीको नवौं कंग्रेसलाई सम्बोधन गरेका हुन् । सो क्रममा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा केन्द्रित रहेर विचार राखे । उनले नेपालको संविधानअनुसार स्थापित स्थानीय, प्रदेश र संघीय सरकारको आ–आफ्नै विशेषता र क्षेत्राधिकार रहेको बताए ।
स्थानीय सरकारसित जनताको सिधै पहुँच हुने भएकाले स्थानीय सरकारसित जनताको धेरै आशा हुने उनको भनाइ थियो । यस्तै उनले यूसीएलजीको प्रभावकारिता अझै बढाउँदै लानुपर्नेमा जोड दिए । युसीएलजीको कंग्रेसमा सहभागी हुन मेयर कोइराला कात्तिक २५ गते चीन प्रस्थान गरेका हुन् ।
यसअघि मेयर कोइराला तीन साता लामो अमेरिका भ्रमण गरेका थिए । अमेरिकामा रहँदा न्यूयोर्कका मेयर, सिनेटरसहित विभिन्न सहरका मेयरसित भेटघाट गर्नुका साथै नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा समेत सहभागिता जनाएका थिए ।
तपाईको प्रतिक्रिया