खबर पूर्वाञ्चल
मोरङको ग्रामथान गाउँपालिका ७ मा आज सम्पन्न भएको फाइनल खेलमा रंगेली १ को जनप्रिया माविलाई २–० गोलअ अन्तरले पराजित गरि प्रगतिशिल माविले उपाधि जितेको हो ।
खेलको ५ औं मिनेटमा प्रगतिशिल स्कूलका अनमोल अधिकारी र खेलको ८ औ मिनटेमा अजय राजवंशी गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द फाइनलका जनप्रिया माविका हरि खवास घोषित भए । अनुशातिल टिममा सनरे स्कूल घोषित भयो । अनुशाषित खेलाडी सनरे स्कूलका बिमल खवास भए । खेलमा ९ टिमको सहभागि थियो ।
विजेता हुने खेलाडीहरुलाई जनप्रिया माविका खेल शिक्षक किरण कुमार उप्रेती, प्याब्सन मोरङको जिल्ला सदस्य तथा सनरे स्कूलका प्रिन्सिपल केदार पौडेलेलगायले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।