AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रमुख खापुङ्ग –राष्ट्रिय मानव अधिकार आयोग प्रतिवेदन हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०८२, आईतवार १८:३४
54
Shares
विराटनगर/ कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा आज राष्ट्रिय मानवअधिकार आयोग(कोशी प्रदेश)को आर्थिक वर्ष २०८१÷८२ का प्रतिवेदन वुझाइएको छ ।

प्रमुख खापुङ्गलाइ नेपालको संविधान धारा २९४ को उपधारा(३) बमोजिम आयोगका सचिव मुरारीप्रसाद खरेलले बार्षिक प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो ।

प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै मुलुकले नागरिकको मानवअधिकार रक्षाका निम्ति विगतदेखि कार्य गरिरहेको बताए । उनले वर्तमान अवस्थामा मानवअधिकार संरक्षण टडकारो रुपमा आवश्यक्ताको रुपमा वढेको धारणा राख्दै हामी सबैले यसको संरक्षणमा भूमिका खेल्नु पर्ने जोड दिए ।

प्रदेश प्रमुख खापुङ्गले मुलुकमा भएका कुप्रथा, कुसंस्कार,लैङ्गिक हिंसाको अन्त्य, जाति विभेद जस्ता कार्य मानिसको मानवअधिकार हन्न हुनाले यसको रोकथामतर्फ आयोग विशेष सचेत भइ कार्य गरी मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा लाग्न सुझाव दिए ।

आयोगका कोशी कार्यालय प्रमुख वीरबहादुर वुढामगरले प्रदेश सरकारले कानुन तथा नीति निर्माण गर्दा ‘मानव अधिकार मैत्री ’बनाउन सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर