animated ellipse animated ellipse

‘तोहर चर्चा ट्रेन्डिग मे गीत.. को छायकन विराटनगरको एभरेष्ट कलेजमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ कार्तिक २०८०, शुक्रबार ११:१८
423
Shares
विराटनगर / विराटनगरका संञ्चारकर्मी नविन कर्णले रचना गरेको मैथीलि भाषाको तोहर चर्चा ट्रेन्डिग मे गीत.. को म्यूजिक भिडियोको छाकायन विराटनगरको एभरेष्ट कलेजमा भएको छ । डान्सिङ गीतको म्यूजिक भिडियो बिहीबार सकिएको हो ।

मैथिली अनलाइनको प्रस्तुतिमा निमार्ण भएको उक्त गीत कर्णको दशौं हो । यसअघि पनि उनले थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् । पछिल्लो समय बजारमा आएको ‘तोहर चर्चा ट्रेन्डिग मे बोलको अडियो यसअघि बजारमा आएको थियो । युवा पुस्ताले रुचाउने गीतको म्यूजिक भिडयोको छाँयाकन पनि सकिएकाले तिहारको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको उनले बताए । गायक जागेश ठाकुर स्वर रहेको उक्त गीतको निर्देशन कार्तिक राजवंशीले गरेका छन् ।

म्यूजिक भिडियोको मुख्य कलाकारमा निर्मल दास, निकिता फुयाल रहेका छन् । यसैगरी अमर चौधरी, एफान खान, एमडि आलम, एमडि सहवाज, विशाल खवास, ओम प्रकाश कामतले पनि अभियन गरेका छन् । बाल कलाकारमा अबिशेक कामत र इरदास खानले खेलेका छन् ।

गीतकार कर्णले युवा पुस्ताको रोजाइमा पर्ने गीतको म्युजिक भिडियो बनाएको बताए । पछिल्लो समय मैथिली गीतको म्यूजिक भिडियाहरु अश्लील खालको हुने गरेको प्रति उनले चिन्ता व्यक्त गरेका छन् । ‘हामीले आफ्नो भाषा, संस्कृतीको संरक्षण र जगेर्ना गर्ने खालको गीत, संगीतहरु बनाउनु पर्दछ,’ उनले भने, ‘अहिलेसम्म मैले रचना गरेको गीत र बनाएको भिडयोहरु पनि युवा पुस्तादेखि सबै उमेर समूहले रुचाउने खालका बनाएको छु ।’

उक्त गीतको म्यूजिक भिडयो लक्ष्मि पुजाको साझमा रिलिज गर्ने गीतकार कर्णले बताए । म्यूजिक भिडियोको छाँयाकन धिरेन साहले गरेका छन् भने महेश सिग्देलले श्रृङ्गगार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर