के भनेर शुभकामना दिउ ? सन्दभः अन्तराष्ट्रिय नारी दिवस

खबर पूर्वाञ्चल, २४ फाल्गुन २०७८, मंगलवार ०८:५१
1.76k
Shares
हिमा मैनाली, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

आज ८ मार्च अर्थात ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस । आज त हामी महिलाहरुको दिन, यो दिनलाई दिवसका रुपमा मनाउन थालिएको पनि ११२ वर्ष पुगेछ । यसरी बितेको यो लामो समय मैले आज विहानै सम्झी रहदा मेरा आँखावाट अन्यासै आसु झरेको महसुस भयो अनि ति मेरा भावनाहरु केलाउँदै मन बुझाउन खोज्दा कति पनि मन बुझाउने आधार कमजोर भएको महशुस गरे । यसरी नारी दिवसको शुभकामना दिन पनि किन आज मेरा शब्दहरु हराईरहेका छन । दिन प्रतिदिन मानिसहरु किन यति धेरै क्रुर बन्दै छन् भन्ने कुराले मलाई पिरलीरहेको छ ।

मैले ८ मार्चलाई सम्झि रहँदा ति छोरी बुहारी र अबोध बालिकाहरु जो नारी भएकै कारण ज्यान गुमाउनु परेको छ, उनीहरुले आज पनि सुरक्षित भएर बाच्न नपाएको घटनाहरुलाई स्मरण गरिरहेकी छु । यो कारुणीक बेदनालाई सम्झिदै गर्दा फेरी मैले एउटी नारीलाई मृत्युवरण गराउन कहिले सासुका रुपमा, कहिले बुहारीका रुपमा कहिले भाउजु त कहिले नन्द, देवरानी, जेठानी र साथीका रुपमा खेलेको भुमिकालाई सम्झिरहेको छु । यस्ता कार्यमा कतै न कतै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिलाकै सहभागिता देख्दछु ।

दिन प्रतिदिन हामी महिलाहरु एक आपसका सारथी बन्नुका सट्टा किन दुष्मन बनिरहेका छौ ? प्रश्न आफैमा उब्जिन्छ । यो प्रश्नको उत्तर कसले दिने सोचनिय बिषय बनेको छ । यसरी भावनाहरुसंग खेल्दै जादा मेरो मानसपटलमा निर्मला पन्तको हत्या, उनको चित्कार अनि ७ बर्षे बालिका आफन्तवाटै बलत्कृत भएर ज्यान गुमाउनु परेको घटना आदि आदि आउँदछ । ती अबोध वालिकाहरुको चित्र र चित्कार जसले मलाई महिला हु भन्ने कुराले निकै चिन्तित तुल्याउछ । यी त प्रतिनीधिमुलक घटनाहरु मात्र हुन । यस्ता अनगिन्ती घटनाहरु संचार माध्यमवाट दिनै पिच्छे सुनिन्छन र हेरिन्छन । २१ औ शताब्दीका हामी शब्य भनेर चिनिएका मानिसहरुवाट यस्ता दर्दनाक र अमानविय ब्यवहारहरु किन हुन्छन ?, प्रश्न गम्भिर छ । प्रविधिको बिकासले सिङगो संसारलाई एक बनाएको छ । विश्वका जुनसुकै कुनामा भएका सकरात्मक र नकरात्मक दुवै कुराहरुको जानकारी प्रत्यक्ष प्राप्त गर्ने अवसर मिलेको छ । तर नेपाली समाज सकरात्मक पक्षको आयात भन्दा नकरात्मक पक्षलाई अंिगकार गरिरहेको यी माथिका घटनाहरुवाट पुष्टि हुन्छ ।

आज यस्ता घटनाहरु घटदो होईन बढ्दो क्रममा छन । हिजो महिला स्वतन्त्रताको लडाई लडेका हामी महिलाहरुले अझ सम्म पनि न्यायको लडाई लडिरहनु परिरहेको छ । केही शहरिया, सभ्रान्त र कानुनलाई खरिद बिक्री गर्न सक्ने महिलाहरुका लागि मात्र स्वतन्त्रता प्राप्ती भएको अनुभुती भईरहेको छ । यस्ता ब्याक्तिहरुले महिला अधिकारको नारा लगाइ यसको दुरुपयोग गरिरहेका छन तर आम रुपमा आज पनि महिलाहरुले स्वतन्त्रता प्राप्त गरेका छैनन । साच्चिकै पिडित महिलाहरु आज पनि न्यायवाट वन्चित छन ।

आज पनि विहान विद्यालय पठाएकी छोरी सुरक्षित घर फर्किन्छे कि फर्किन्न ? भन्ने पिरले आमालाई सताईरहेको हुन्छ । विहान आर्थिक उपार्जनका लागि घर बाहिर निश्केका छोरी, बुहारी, श्रीमती सुरक्षित छन् कि छैनन् ? भन्ने पिरले परिवार रुमलिरहेको हुन्छ । बर्षौ देखि न्यायको लागि लडीरहेका निर्मला जस्ता पिडितहरुले आज सम्म पनि न्याय पाउन सकिरेहका छैनन् । यस्तो अवस्थामा म आज कुन शब्दले आन्तराष्ट्रिय नारी दिवसको शुभकामना दिन सकौं । त्यसैले आज म शुभकामना होईन ती नारीहरु जसले महिला भएकै कारण आफनो ज्यान गुमाए, तिनिहरुलाई श्रदाञ्जली दिन चाहन्छु । अनि ती नारीहरु जो न्यायका निमित्त लडिरहेका छन, तिनीहरुलाई न्याय प्राप्तीको शुभकामना दिन चाहन्छु । साथै ती नारीहरु जो अन्यायवाट पिल्सिरहेका छन, उनीहरुलाई नारी स्वतन्त्रताको संघर्षका लागि एक जुट हुन आव्हान गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

koshi province
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५