प्रतिबन्धित औषधीको कारोवारमा एक दम्पती पक्राउ

खबर पूर्वाञ्चल, १४ असार २०७८, सोमबार १५:४४

विराटनगर/ प्रतिबन्धित औषधीको कारोवारमा एक दम्पती पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरान ९ का श्रीमान मुन्ना खान र श्रीमती आस्मा खातुन रहेका छन् ।

उनीहसँग औषधी व्यवस्था विभागमा दर्ता नभएको प्रतिबन्धित औषधीको कारोबारमा संलग्न रहेको पाइएको छ । उनहरु पक्राउ परेपछि भारतदेखि तस्करी गरि सुनसरीलाई आधार इलाका क्षेत्र बनाएर प्रदेश १ को विभिन्न पूर्वी शहरहरूमा प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको खुलेको हो ।

सुनसरी प्रहरीले प्रतिबन्धित औषधीको कारोवार गरेको आरोपमा धरान – ९ कि श्रीमती आस्मा खातुनलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । खातुनले श्रीमान मुन्ना खानसँग मिलेर प्रतिबन्धित औषधीको कारोवार चलाउने गरेका छन् । उनीहरूले कोठा भाडामा लिएर विभागमा दर्ता नभएका औषधीको चरम दुरूपयोग गर्दै लागूऔषध प्रयोगकर्तालाई चर्को मुल्यमा बिक्री वितरण गर्ने गरेको औषधी व्यवस्था विभागले गरेको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको हो ।

खातुनका श्रीमान यसअघि अवैध लागूऔषध बिक्री वितरण गरेको आरोपमा अहिले सुनसरी प्रहरी हिरासतमा रहेका छन् । यसअघि पनि प्रतिबन्धित औषधीको कारोबार गरेपछि अदालतले धरौटिमा छोडेका प्रतिवादी हुन् । अदालतमा धरौटि बुझाएर छुटेपछि पनि उनीहरूले पुरानो अवैध धन्दालाई निरन्तरा दिदै आएका थिए ।

शनिबार खातुनलाई लागूऔषध प्रयोगकर्तालाई प्रतिबन्धित औषधी बिक्री वितरण गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । धरानको पुरानो बजारमा रहेको खातुनको कोठादेखि ठूलो परिमाणमा ईसपाजमो प्रोएक्सभोन प्लस बरामद गरेको हो । जुन औषधी विभागमा दर्ता छैन । अवैध धन्दामा लागेको गिरोहले ईसपाजमो प्रोएक्सभोन प्लस लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री गर्ने गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संन्जिव शर्मा कट्टेलले जानकारी दिए ।

खातुनको कोठामा लुकाई राखेको ईसपाजमो प्रोएक्सभोन प्लस ३०६ पत्ता २४४८ क्यापसुल प्रहरीले फेला परेको हो । प्रहरीले सुरूमा लागूऔषध प्रयोगकर्ता धरान २ का ३५ वर्षिय मुन्नाप्रसाद मण्डललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको थियो । उनले दिएको बयानको आधारमा खातुनदेखि प्रतिबन्धित औषधी विक्री गरेको खुलेकोपछि पक्राउ गरेको हो ।

प्रतिबिन्धत औषधीको कारोबार गर्ने खातुनले ६ पत्ता ईसपाजमो प्रोएक्सभोन प्लस चार हजार ५ सयमा बिक्री गरेको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ । भारतदेखि ल्याएको प्रतिबन्धित औषधी सप्तरी हुदै धरान ल्याउने गरेको खुलेको छ ।

इप्रका धरानले खातुनलाई पक्राउ गरेपछि थप कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरलाई बुझाएको थियो । यसअघि पनि प्रतिबन्धित औषधीको कारोबारमा खातुन पक्राउ परिसकेको कारणले विभागले ‘पटके’ बनाएर अदालतमा अभियोग बुझाउने तयारी गरेको छ । ‘खातुन यस अघि पनि प्रतिबिन्धित औषधीको कारोबारमा पक्राउ परेकी प्रतिवादी हुन्,’ विभागका प्रमुख कट्टेलले भने, ‘अनुसन्धान पूरा गरेपछि पटेक बनाएर अदालतमा अभियोग बुझाउनेछौं ।’ विभागले आइतबार खातुन विरूद्ध अदालतमा १० दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५