animated ellipse animated ellipse

मोरङ ४ (ख) काउम्मेदवार घिमिरेको चुनावी अभियान आक्रामक बन्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७९, सोमबार १३:४२
603
Shares
विराटनगर / मोरङ ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले निर्वाचन क्षेत्रमा चुनावी अभियान आक्रामक बनाएका छन् ।

विराटनगरका १, २, ३, ८, १०, कटहरीका १, २ र ३ मा घरदैलो, टोल भेला तथा मतदाता भेटघाटलाई तीव्र पारेका हुन् ।

एमाले उम्मेदवार घिमिरे मतदाताका घर–घरमा पुग्दा छुट्टै उत्साह दिने गरेका छन् । प्रदेशका मन्त्री भएका बेला घिमिरेले गरेको कामबाट मतदाता प्रभावित भएका बताउने गरेका छन् । मतदाताको घरदैलोमा घिमिरे पुग्दा‘ तपाईबाट ठुलो आशा गरेका छौं’ भन्ने गरेका छन् । एउटा जनप्रतिनिधिले कतिसम्म काम गर्ने सक्दो रहेछ भनेर तपाईबाट थाहा भयो विराटनगर ८ का मनोज महतोले बताए ।

विराटनगर ३ मा घिमिरे मतदाताको घर–घरमा पुग्दा छुट्टै उत्साह दिएका थिए । घिमिरे प्रति जेष्ठ नागरिकले बढी भरोसा गरेको बताएका छन् । मन्त्री भएका समयमा जेष्ठ नागरिकको भवन निर्माण, दिवा केन्द्र सञ्चालनमा सहयोग लगायतका कारण जेष्ठ नागरिकहरु खुशी भएका छन् । घिमिरेले चुनाव जिते मात्रै जेष्ठ नागरिकको पक्षमा काम हुने उनीहरुको भनाई छ ।

एमाले उम्मेदवार घिमिरेले ५ वर्षमा निर्वाचन क्षेत्रको समग्र विकासका लागि उल्लेखनिय काम गरेका छन् । सडक निर्माण, कालेपत्रे, स्तरोन्नती, सामुदायिक भवन निर्माण, जेष्ठ नागरिकको भवन निर्माण, प्रविधि मैत्री विद्यालय निर्माण, सामाजिक विकासका लगायतका क्षेत्रमा उल्लेखनिय काम गरेका छन् ।

५ वर्षको अवधिमा एमाले प्रदेशसभाकाउम्मेदवार घिमिरेले गरेका कामनै अहिले चुनावमा भोट माग्ने आधार बनेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर