फोटो पत्रकार महासङ्घ मोरङको अध्यक्षमा निरौला

खबर पूर्वाञ्चल, २२ भाद्र २०७९, बुधबार १९:४०
450
Shares
विराटनगर / नेपाल फोटो पत्रकार महासङ्घ मोरङ शाखाको आज विराटनगरमा बसेको बैठकले कौशल निरौलाको अध्यक्षतामा नयाँ कार्य समिति पुर्नगठन गरेको छ ।

समितिको उपाध्यक्षद्वयमा बाबुराम भण्डारी र विनु तिम्सिना(महिला),सचिवमा प्रेम देवान, सह–सचिव राकेश कर्ण र कोषाध्यक्षमा नविन कर्णलाई सर्वसम्मतिले चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा सुजाता लिम्वु, उषा सरदार, रोशिका अधिकारी, दिलिप अग्रवाल, कुमार खड्का, गोपाल काफ्ले, विवेक मिश्र र उत्तम पोखरेल रहेका छन् ।

महासङ्घको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोज दाहाल, ध्रुव भट्टराई र बाबुराम भण्डारीलाई चयन गरिएको छ ।

महासङ्घको प्रदेश अध्यक्ष बेदराज पौडेलको उपस्थितिमा जिल्ला कार्य समिति पुर्नगठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५