AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

न्यायको पर्खाइमा अंशुको परिवार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ कार्तिक २०८२, शुक्रबार १५:५१
81
Shares
विराटनगर / मोरङको लेटाङ–२, बुधबारेस्थित गौतम परिवारको सानो घरमाथि आजभोलि शोकको कालो बादल मडारिएको छ । घरको हरेक कुनामा निःशब्दता र पीडा भरिएको छ, जहाँ १३ वर्षीया अंशु गौतमको हाँसो गुञ्जिन्थ्यो । ‘ अहिले हाम्रो लागि आँसु र भात बराबर भएको छ, ७० कटेका हजुरबुबा श्रीविलास भन्छन् । उनकी नातिनीको विभत्स हत्या भएको झन्डै एक महिना बितिसक्दा पनि न्याय नपाएको पीडाले यो परिवारलाई हरेक पल पोलिरहेको छ ।

यो परिवारका लागि दैव सधैँ निष्ठुरी रह्यो । वि.सं. २०३४ सालमा ताप्लेजुङको हरियाली काख छाडेर मोरङ झरेको यो परिवारले कहिल्यै सुखको सास फेर्न पाएन । चिस्याङ खोलाले जग्गा बगाएपछि सुकुम्वासी बने । जीवनभर दुःख र सङ्घर्षसँग जुध्दै आएका श्रीविलासका लागि नातिनी अंशुको हत्या जीवनकै सबैभन्दा ठूलो र असह्य बज्रपात बनेको छ ।

घर नजिकैको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने अंशु हँसिली स्वभावकि थिइन् । असोज २१ गते दिउँसो पनि उनी खेल्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । अरु बेला कतै जानु परे साइकलमा मात्रै जान्थीन् । हजुरबुबा श्रीविलास त्यो क्षण सम्झँदै भन्छन्, ‘म जान्छु है बुबा भनेकी थिई । मैले नजा, सानै छस्, यताउता नहिँड् भनेको थिएँ । तर एकैछिनमा ऊ गइहाली।“ त्यो नै उनको परिवारसँगको अन्तिम संवाद बन्यो।

साँझसम्म पनि अंशु घर नफर्केपछि परिवार आत्तियो । रात बित्यो, दिन बित्यो, तर अंशुको कुनै खबर आएन । उनको पर्खाइमा परिवारको निद्रा र भोक सबै हरायो । हराएको १८ दिनपछि, कार्तिक ७ गते, घरबाट करिब साढे चार किलोमिटर टाढाको जङ्गलमा अंशुको शव क्षतविक्षत अवस्थामा फेला प¥यो । त्यो दर्दनाक क्षण सम्झँदा हजुरबुबाको मुटु अझै काँप्छ । ‘कसैले फोन गरेर लास छ भन्यो । म दौडेर गएँ ‘ उनी भन्छन्, ‘एउटा चप्पल एकातिर, अर्को अलि पर थियो । नातिनीको चप्पल देख्नेबित्तिकै उसकी आमा विना बेहोस भइन् । त्यो दृश्य म कसरी वर्णन गरुँ ? शरीरका अंगहरू छुट्टिएका थिए, टाउको कुहिएको थियो । छालासहितको कपाल छुट्टिएको थियो । त्यो दृश्य देखेपछि म पनि बेहोस जस्तै भएँ ।’

अहिले अंशुका बुबा नवीन र आमा विना लागयत परिवारका सबैको अवस्था विक्षिप्त छ । छोरीको हत्याको पीडाले उनीहरू अर्धचेत अवस्थामा छन् । हजुरआमा दिनभर नातिनी पढ्ने स्कुल हेरेर टोलाउछिन् । गौतम परिवारको काठको दुइतले घर छ । घरको बरण्डामा बसेर नातिनि पढने बिद्यालय हेर्ने गर्छीन् । घर र बिद्यालय नजिकै पर्छ ।

घरमा कोही मान्छे पुग्ने वितिकै हजुरआमाले नया खबर केहि ल्याउनु भयो कि भनेर सोध्ने गर्छीन । यो परिवारले एउटै मात्र माग राखेको छ– न्याय । हत्यारा पक्राउ नपरेसम्म र उसलाई कानुनी कठघरामा नउभ्याएसम्म अंशुको शव नबुझ्ने र दाहसंस्कार नगर्ने उनीहरूको अडान छ । अंशुको शव हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । ‘प्रहरीले अनुसन्धान पूरा गरेर छोरीको हत्यामा संलग्न दोषीलाई सार्वजनिक नगरेसम्म शव नबुझने उनीहरु बताउछन् ।

मोरङ प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायव उपरिक्षक कोपिला चुडालले अनुसन्धान भइरहेको बताइन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार बल्तकार पछि बच्चाको हत्या भएको आशका गरीएको छ । घट्नाको अबस्था हेर्दा बलात्कारपछि हत्या गरीएको जस्तो देखिन्छ ति प्रहरी अधिकृतले भने अनुसन्धान साँघुरिँदै गएको छ ।
प्रहरी नायव उपरिक्षक चुडालका अनुसार अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) देखि प्रदेश प्रहरीका विशेष टोली र विज्ञहरूको समेत सहयोग लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर