animated ellipse animated ellipse

लकडाउनका कारण सिमा नाका जोगबनीमा रोकिएका २ सय ५० जना नेपालीको उद्दार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ जेष्ठ २०७७, मंगलवार २१:०९
3
Shares
जोगबनी नाकामा उद्दार गरिएको नेपालीको ज्वोरो नाप्दै स्वास्थ्यकर्मी । तस्वीर :पुष्पराज थपलिया
विराटनगर / लकडाउन र सीमा बन्दका कारण भारतको विभिन्न क्षेत्रबाट आएर सीमावर्ती क्षेत्र जोगबनीमा अलपत्र परेका २ सय ५० जना नेपालीलाई आज साँझ जोगबनी नाकाबाट विराटनगर भित्र्याइएको छ ।

जोगबनी नाकासम्म भारतका विभिन्न क्षेत्रबाट आएका र त्यहीं आसपासका नेपालीलाई प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालिकाको समन्वयमा विराटनगर भित्र्याइएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार भारतको विभिन्न स्थानबाट उनीहरु नेपालका विभिन्न स्थान पुग्नका लागि आइपुगेका हुन् ।

उनले भने,“नजिकैको पालिकाकाहरुका भए उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइने छ । पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेछ । तर,टाढाको भए विराटनगरमा निर्मित होल्डिङ सेन्टरमा राखी पुनः नाम अद्यावधिक गरेर पठाइने छ ।” यसरी आएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षण गरिने पनि प्रजिअ भुजेलले जानकारी दिएका छन् ।

यसरी आउनेमा रुकुम, स्याङ्जा, गोरखा, सिन्धुली, पाँचथर, झापा, सुनसरी, मोरङसंगै अन्य जिल्लाका स्थानीय रहेको उनले बताए । यसक्रममा केही सर्वसाधारण लगातार तीनचार दिनदेखि साइकलको यात्राबाट सीमासम्म आएको उनको भनाइ छ।

मोरङ र सुनसरीमा घरनजिक हुनेहरुलाई स्थानीय तहको जिम्मा लगाएर राति नै पठाउने र टाढा पुग्नु पर्नेका लागि खानपिनको समेत व्यवस्था गरेको प्रशासनले जनाएको छ। उनीहरुलाई स्थानीय तहको निगरानीमा अनिवार्य १४ दिनको क्वारेन्टाइनमा राखिने बताइएको छ।

विराटनगरतर्फ पठाइने मानिसहरुको अवस्था बुझ्न विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि जोगबनी सीमासम्म पुगेका थिए । पराजुलीले भने,“अलपत्र पर्नु भएका नेपाली नगारिकहरु नेपाल आउनु भएको छ । उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने जिम्मा हामी सबैको हो ।” मेयर पराजुलीले समकक्षी भारतीय अधिकारीहरुसँग पनि यस विषयमा समन्वय भएको सुनाए ।

जोगबनी नाकाबाट आएका मानिसलाई अहिले साँझ विराटनगरको डीएभी स्कूलमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बताए । उनले भने,“पश्चिमतिरका धेरै नेपाली तीन दिनसम्म साईकल चढेर सीमासम्म आएका रहेछन् ।” पराजुलीले विराटनगरमा राखिएकाहरुलाई स्वास्थ्य परीक्षण गर्ने प्रबन्धसमेत हुने बताए ।

महाराष्ट्रसहित विभिन्न राज्यबाट नेपालीहरु जोगबानी नाका आएका छन् । यसैगरी जोगबनी क्षेत्रमै बनाइएको क्वारेन्टाइनमा समेत मानिसहरु बसेका थिए । प्रजिअ भुजेलले औपचारिक रुपमा पहिलो चरणमा ती मानिसलाई जोगबनीबाट विराटनगरतर्फ ल्याइएको जानकारी दिए । भारतबाट आउने मानिसलाई राख्नको लागि प्रदेश १ सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टरहरुसमेत बनाएको छ । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर