पूर्वाञ्चल खबर


उनले भने,“नजिकैको पालिकाकाहरुका भए उनीहरुलाई सम्बन्धित पालिकाको जिम्मा लगाइने छ । पालिकाले नै उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेछ । तर,टाढाको भए विराटनगरमा निर्मित होल्डिङ सेन्टरमा राखी पुनः नाम अद्यावधिक गरेर पठाइने छ ।” यसरी आएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षण 

मोरङ र सुनसरीमा घरनजिक हुनेहरुलाई स्थानीय तहको जिम्मा लगाएर राति नै पठाउने र टाढा पुग्नु पर्नेका लागि खानपिनको समेत व्यवस्था गरेको प्रशासनले जनाएको छ। उनीहरुलाई स्थानीय तहको निगरानीमा अनिवार्य १४ दिनको क्वारेन्टाइनमा राखिने बताइएको छ।
विराटनगरतर्फ पठाइने मानिसहरुको अवस्था बुझ्न विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि जोगबनी सीमासम्म पुगेका थिए । पराजुलीले भने,“अलपत्र पर्नु भएका नेपाली नगारिकहरु नेपाल आउनु भएको छ । उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्ने जिम्मा हामी सबैको हो ।” मेयर पराजुलीले समकक्षी भारतीय अधिकारीहरुसँग पनि यस विषयमा समन्वय भएको सुनाए ।
जोगबनी नाकाबाट आएका मानिसलाई अहिले साँझ विराटनगरको डीएभी स्कूलमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले बताए । उनले भने,“पश्चिमतिरका धेरै नेपाली तीन दिनसम्म साईकल चढेर सीमासम्म आएका रहेछन् ।” पराजुलीले विराटनगरमा राखिएकाहरुलाई स्वास्थ्य परीक्षण गर्ने प्रबन्धसमेत हुने बताए ।
महाराष्ट्रसहित विभिन्न राज्यबाट नेपालीहरु जोगबानी नाका आएका छन् । यसैगरी जोगबनी क्षेत्रमै बनाइएको क्वारेन्टाइनमा समेत मानिसहरु बसेका थिए । प्रजिअ भुजेलले औपचारिक रुपमा पहिलो चरणमा ती मानिसलाई जोगबनीबाट विराटनगरतर्फ ल्याइएको जानकारी दिए । भारतबाट आउने मानिसलाई राख्नको लागि प्रदेश १ सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टरहरुसमेत बनाएको छ । तस्वीरहरु पुष्पराज थपलिया