खबर पूर्वाञ्चल
प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उनले बताइन् । आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालकालागि १ सय ८० वेड तयारी अवस्थामा रहेको बताइन् । आवस्यकता अनुसार जिल्ला स्तरमा पनि कोभिड अस्पताल तयारी अवस्थामा राखिने मन्त्री राईले बताईन् । उनले सीमानाकामा आवस्यक सर्तकता अपनाउनकालागि निर्देशन दिईएको समेत बताइन् । कोभिड अस्पतालमा उपचारको प्रवन्ध गर्न उनले निर्देशन दिइन् । मन्त्री राईले भनिन,‘कतैबाट गुनासो आउनु भएन ।’
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उनले बताए । सचिव कार्कीले भने‘ देशव्यापीमा बृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ ।’ कोरोनाको पुनराबृत्तिभएको देखिएको उने बताए । संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । आवस्यकता अनुसार आईसोलेसन कोभिडको व्यवस्थापनकालागि चाँडै प्रदेश स्तरिय सीसीएमसीको बैठक तयारी भईरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया